Saturday, July 11, 2020
Home Blog Page 2

मादी गाउँपालिकाकाे बजेट ६५ करोड ७४ लाख

0
बजेट प्रस्तुत गर्दै मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ । फोटोः मादीन्युज

कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ६५ करोड ७४ लाख ७२ हजार ५ सय ४८ रुपैयाँको बजेट सार्वजानिक गरेको छ । गाउँपालिकाको केन्द्र मादी ३ याङ्जाकोटमा भएको कार्यक्रममा मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले बजेट प्रस्तुत गरेका हुन् ।

अन्‍नपूर्ण गाउँपालिकाको बजेट ६६ करोड १२ लाख

0

कोभिड १९–को महामारी रोकथामसँगै यसका कारण रोजगारी गुमाएकालाई अवसर दिँदै उत्पादन र उत्पादकत्व वृद्धिलाई प्राथमिकतामा राखेको कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ६६ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

पोखराको बायोग्यास प्लान्ट : उत्पादन रोक्न मिल्दैन तर बजार लान सकिँदैन

0

कृष्ण अधिकारी/रासस-

लामो समयदेखिको बन्दाबन्दी (लकडाउन)का कारण होटल, रेस्टुराँ, पार्टी प्यालेस सञ्चालन नहुँदा पोखरा महानगरपालिका–३२ मझुवामा गण्डकी ऊर्जा प्रालिले उत्पादन गरेको वायोग्यासको आधा पनि खपत हुनसकेको छैन भने किसानबाट माग हुँदाहुँदै पनि उत्पादित जैविक मललाई बजारमा लैजान नसक्दा खेर जाने अवस्था सिर्जना भएको छ । चार हजार घनमिटर क्षमताको यस प्लान्टबाट दैनिक २०० सिलिन्डर सिएनजी ग्यास र तीन टन जैविक मल उत्पादन गर्न सकिन्छ ।

अन्‍नपूर्ण गाउँपालिकाको ‘खाना नफालौँ’

0
फोटोः अनलाइनखबर

कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘खाना नफालौँ’ कार्यक्रम विशेष अभियानका रूपमा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा स्थानीय तहमा उत्पादित खाद्यान्न सञ्चिती एवं संरक्षण गर्ने र कुनै पनि प्रकारका खानेकुरा खेर नफाल्न गाउँपालिकावासीलाई सचेतना अभिवृद्धि गर्न ‘खाना नफालौँ’ कार्यक्रमलाई विशेष अभियानका रूपमा सञ्चालन गरिने उल्लेख छ ।

विद्युत्‌को डिमान्ड शुल्क मिनाहा गर्न हान पोखराको आग्रह

0

बन्दाबन्दीले समस्यामा परेको भन्दै पश्चिमाञ्चल होटल सङ्घ (हान) पोखराले विद्युतको डिमान्ड शुल्क मिनाहा गरिदिन सरकारसँग आग्रह गरेको छ । कोभिड–१९ को महामारीसँगै जारी बन्दाबन्दीका कारण बन्द होटल क्षेत्र धरासायी हुने अवस्थामा पुगेको भन्दै सङ्घले त्यस्तो आग्रह गरेको हो ।

दीपक मनाङेको राजीनामा स्वीकृत गर्न नियमावली नै बाधक

0
दीपक मानङे । फोटोः इकान्तिपुर

गण्डकी प्रदेश सभाको अर्थ तथा विकास समितिका सदस्य राजीव गुरुङ (दीपक मनाङे) को राजीनामा स्वीकृत नहुने भएको छ । प्रदेश सभा नियमावलीमा समितिका सदस्यको राजीनामासम्बन्धी व्यवस्था भए पनि स्वीकृति सम्बन्धी व्यवस्था नभएकाले उनको राजीनामा स्कीकृत नहुने भएको हो ।

कंक्रिट सहरका हराभरा कौसी

0
फोटोः जमुनावर्षा शर्मा
  • जमुनावर्षा शर्मा/रासस

पोखरा महानगरपालिका–८ शिवालय मार्गकी सरस्वती थापा पेशाले स्टाफ नर्स र औषधी व्यवसायी हुन् । तर अचेल उनको परिचयमा थपिएको छ– ‘सफल कौसी खेती किसान ।’ १५ वर्ष अघिदेखि घरको कौसीमै तरकारी फलाउन थालेकी सरस्वती कौसीमै उत्पादित तरकारीमा आत्मनिर्भर एक सफल कृषक बनेकी छन् । कौसीमा सामान्यतया तरकारी खेती गर्ने त अहिले सोख नै भएको छ । तर उनी भने कौसीकै तरकारीबाट आत्मनिर्भर भएकोले उनको सफलताले अहिले यहाँ चर्चा पनि पाउने गरेको छ ।

गण्डकी विश्वविद्यालयमा नयाँ आर्थिक वर्षदेखि मेडिकल साइन्सको पढाइ

0
shutterstock.com

गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पताल स्थापना गरी चिकित्सा विज्ञान विषयको अध्ययन अध्यापन सुरु गर्ने तयारी गरेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा गण्डकी विश्वविद्यालयअन्तर्गत सूचना प्रविधि विषय र शिक्षण अस्पताल स्थापना गरी चिकित्सा विज्ञान विषयको अध्ययन अध्यापन कार्य आगामी आवमा शुरु गर्न ४२ करोड करोड ७५ लाख रुपैयाँ व्यवस्था गरिएको जनाइएको छ ।

फोटोमा हेर्नुस्, कस्तो देखियो आजको खण्डग्रास सूर्यग्रहण

0
काठमाडौँको स्वयम्भूबाट आइतबार देखिएको सूर्यग्रहण । फोटोः प्रदीपराज वन्त/ रासस

आषाढ कृष्ण औँसीका दिन आज बिहान १०ः५० बजेदेखि अपराह्न २ः२३ बजेसम्म खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लागेको छ । बिहान १०ः५० बजे स्पर्श भएको सूर्यग्रहण मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे मोक्ष प्राप्त गरेको हो । नेपालबाट तीन घण्टा ३३ मिनेटसम्म सूर्यग्रहण देखिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

बजेटले गर्ला जनताका समस्या समाधान ?

0

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेट जनताका समस्यालाई अधिकतम समाधान गर्नेतर्फ उन्मुख भएको बताएका छन् । आजको बैठकमा बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले स्वदेश तथा विदेशमा रोजगारी गुमाएका कोरोना प्रभावित युवा, दलित, जनजाति, महिला, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्तिलगायत लक्षित वर्ग र समुदायलाई व्यावसायिक तथा सीपमूलक तालिमका लागि बीउ पूँजी उपलब्ध गराइएको बताए ।