Home Culture कोतघरमा अजङ्गका खुँडा, तरबार र खुकुरी

कोतघरमा अजङ्गका खुँडा, तरबार र खुकुरी

गलकोट कोतघरमा ६५ किलोको खुँडा, ५० किलोको तरवार र ६० किलोका दुई खुकुरी राखिएको छ । दर्शैँको नवदुर्गामा ती हतियारको प्रतिस्थापन गरिएको हो । 

हेर्दै अजङ्गका खुकुरी सात फिट अग्ला छन् भने खुँडा र तरवार झण्डै नौ फिट । कोतघर चौबिसे राज्यका पालाको हो ।   

गलकोट नगरपालिकाको कोतघर संरक्षण योजनाअन्तर्गत ऐतिहासिक र सांस्कृतिक महत्वका हातहतियार सङ्ग्रह गरिएको हो । वडा नं. ३ स्थित कोतघर जीर्णोद्धार र संरक्षणलाई नगरले गत आवमा गौरवको योजनामा समेटेको थियो । विधिपूर्वक पूजापाठ गरी हतियार भित्र्याइएको कोतघर व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर खत्रीले बताए । 

अनुभवी कालिगड मनबहादुर सिर्पालीले हतियार बनाएका हुन् । ढोरपाटन नगरपालिकामा विकको ‘बुर्तिबाङ आरन सेवा’ छ । चारवटै हतियार तयार गर्न तीन महिनाभन्दा बढी समय लागेको उनले बताए । “यति ठूला हतियार बनाएको यो नै पहिलोपटक हो”, कालिगड सिर्पालीले भने । 

यसअघि सिर्पालीले मेला, महोत्सवमा विक्रीका लागि डुलाउने गरेको एक लाख ११ हजार रुपैयाँ मूल्य पर्ने ४२ किलोको खुकुरीले निकै चर्चा पाएको थियो । चार लाख ६५ हजार रुपैयाँमा सबै हतियार कोतघर व्यवस्थापन समितिलाई उपलब्ध गराएको कालिगड सिर्पालीले बताए । हतियार बनाउन अरू सहयोगी पनि खटेका थिए ।

वडाध्यक्ष वीरजङ्ग भण्डारीले ऐतिहासिक कोतघरको महिमा झल्काउन प्रतिकात्मक रुपमा पुरानै स्वरुपका हतियार बनाएर राखिएको बताए । “भावी पुस्ताले पनि कोतघरको महत्वबारे बुझोस्, गरिमा थप बढोस् भन्ने उद्देश्य हो”, उनले भन्नुभयो । कोतघरमा पुरानै भाला, खुँडा, खुकुरीलगायतका हातहतियार पनि छन् ।

कोतघरको वृहत्तर विकास गरी आकर्षक सम्पदास्थलका रुपमा विकास गर्ने नगरपालिकाको लक्ष्य छ । हालै विधिवत रुपमा कोतघर व्यवस्थापन समिति दर्ता गरी जीर्णोद्वारको कामलाई गति दिइएको वडाध्यक्ष भण्डारीको भनाइ छ । कोतघरका लागि नगरको रु ५० लाख बजेट छ । पुरातात्विक महत्व झल्कने गरी कोतघरको बृहत् जीर्णोद्वार गरिने छ ।

त्यसका लागि गुरुयोजना निर्माणको काम अगाडि बढेको जनाइएको छ । जग्गा व्यवस्थापन, घेराबारलगायत पूर्वाधार तयारीको काम सकिएको छ । कोतघरले झण्डै सात रोपनी सार्वजनिक जग्गा चर्चेको छ । संरचना बनाउँदा अपुग हुने जग्गा किनेरै भए पनि थप्ने योजना छ । 

कोतघरसँगै रहेका इष्टदेवी र भगवतीको मन्दिरसमेत जीर्णोद्धार गरिने छ । तत्कालीन राजाले दरबार, कोतघर, मन्दिर, पोखरी, कुवा, किल्ला, मोर्चा, पर्खाल आदि निर्माण गरेका थिए । उक्त कोतघरबाट २१३ वर्षसम्म मल्ल राजाले स्वतन्त्र राज्य चलाएका थिए ।

गलकोट राज्यका पहिलो राजा जितारी मल्लले कोतघर निर्माण गरेका थिए । राजाको दरबार, कुवा, किल्ला, सुरक्षा मोर्चा र पर्खाल भने भग्नावशेषमा परिणत भएको छ । कोतघरका झ्याल, ढोका भने पुरानै छन् । जीर्णोद्धार गर्दा मौलिकता जोगाउनुपर्ने चुनौती छ । मन्दिरमा अहिले पनि बडादशैँ र चैतेदशैँमा विशेष पूजा हुन्छ । 

चैत्राष्टमीमा त कोतघरमा मेलै लाग्छ । गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गेरैले कोतघर जिल्लाकै ऐतिहासिक धरोहर भएको उल्लेख गरे । उनले कोतघरको विकासमा जस्तो सुकै सहयोग गर्न नगरपालिका तयार रहेको बताए । 

विसं १६३१ देखि १८४४ सम्म कोतघर रहेको ठाउँबाट गलकोट राज्य सञ्चालन भएको इतिहासमा उल्लेख छ । गोलो पहाडको टाकुरामा दरबार तथा कोतघर निर्माण गरी राज्य सञ्चालन भएकाले त्यस क्षेत्रको नाम गोलकोत रहन गएको पाइन्छ । उक्त नाम अपभ्रंस हुँदै पछि गलकोट भएको जनविश्वास छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कोतघरमा अजङ्गका खुँडा, तरबार र खुकुरी

गलकोट कोतघरमा ६५ किलोको खुँडा, ५० किलोको तरवार र ६० किलोका दुई खुकुरी राखिएको छ । दर्शैँको नवदुर्गामा ती हतियारको प्रतिस्थापन गरिएको हो ।  हेर्दै...

कोरोना देखिएपछि क्षेत्रीय अस्पतालमा प्रसूति सेवा  बन्द   

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति सेवा असोज १ गते बिहीबारसम्मका लागि बन्द गरिएको छ । अस्पतालको प्रसूति विभागमा भदौ २७ गते...

पत्रकार र प्रहरीसहित थप ५ मा कोरोना संक्रमण 

गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना पुष्टि भएको छ । थपिनेमा एक पत्रकार र दुई पर्यटक प्रहरी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।    ...

स्याउपछि मुस्ताङको अर्को ब्रान्ड

जमुनावर्षा शर्मा मुस्ताङ घरपझोङ–२ का महेन्द्रसिंह लालचनलाई आलु उत्पादन गरेसँगै यसको बिक्रीको चिन्ता थियो । कोभिड–१९ का कारण उत्पादित आलुले बजार नपाउने हो कि...

Recent Comments