Home Covid19 दीर्घरोग थिएन तर कोरोनाले लियो ज्यान, गण्डकीमा २ हजार ३१२ संक्रमित

दीर्घरोग थिएन तर कोरोनाले लियो ज्यान, गण्डकीमा २ हजार ३१२ संक्रमित

पोखरा महानगरपालिका वडा नम्बर ६ का ३७ वर्षीय परुषको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा मृत्यु भएको छ । लेखनाथस्थित सरुवा रोग अस्पतालको आइसोलेसनबाट रेफर भएका उनको बिहीबार मृत्यु भएको हो ।

ती पुरुषमा गत भदौ १५ मा कोरोना संक्रमण पुष्टि भएको थियो । लेखनाथस्थित सरुवा रोग अस्पतालमा उपचाररत उनलाई थप समस्या भएपछि क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रको आइसियुमा रेफर गरिएको थियो ।

सरुवा रोग अस्पतालका मेडिकल सपरिटेन्डेन्ट डा. त्रिभुवन भण्डारीले ती पुरुषलाई कुनै दीर्घरोग नभएको पुष्टि गरे । भण्डारीका अनुसार उनीलाई ज्वरोमात्र थियो । “ज्वरो थियो तर कुनै दीर्घ रोग थिएन । अक्सिजन दिइराखेका थियौं”, उनले समाधानन्युजसँग भनेका छन्, “आइसियु नै चाहिने भएपछि क्षेत्रीय अस्पतालमा पठाएका थियौं ।“

मृतकका श्रीमती, छोरा र छोरी छन् । मासु पसल सञ्चालन गर्ने मृतक रुघा र ज्वरो आएपछि परिवारबाट छुट्टै बस्न थालेका थिए । महानगरका वरिष्ठ स्वास्थ्य अधिकृत हरिलाल आचार्यले दीर्घरोग नभएका व्यक्ति कोरोनाबाट ज्यान गुमाउनुलाई ‘क्रिटिकल’ भन्छन् । ‘दीर्घ रोग नभएका संक्रमितको मृत्यु भएकाले यो क्रिटिकल केस हो’, उनले भने ।

पोखरामा कोरोनाबाट मृत्यु हुने उनी पाँचौं संक्रमित हुन् । पोखरामा कोरोना संक्रमितको संख्या ३६२ पुगेको छ ।

बिहीबारमात्र पोखरामा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये २८ जना पोखरा औद्योगिक क्षेत्रको उद्योगमा कार्यरत छन् भने २ जना बगरस्थित मेगा बैंकका सुरक्षा गार्ड हुन् । कन्ट्याक ट्रेसिङमा परेपछि उनीहरुको स्वाब संकलन गरिएको थियो ।

गण्डकीमा २ हजार ३१२ संक्रमित

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३१२ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बिहीबार दिउँसो तनहुँ म्याग्दे की ९२ वर्षकी  महिलासहित नवलपुरका थप ३ जना गरी ४ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या २ हजार ३१२ पुगेको हो ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १ हजार ७ सय ६६ पुगेको पनि निर्देशनालयले जनाएको छ । निको हुने दर ७६.३८५ प्रतिशत छ ।

गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । बिहीबार तनहुँकी एक महिलाको मृत्यु भएसँगै गण्डकीमा मृतक संख्या १६ पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कोतघरमा अजङ्गका खुँडा, तरबार र खुकुरी

गलकोट कोतघरमा ६५ किलोको खुँडा, ५० किलोको तरवार र ६० किलोका दुई खुकुरी राखिएको छ । दर्शैँको नवदुर्गामा ती हतियारको प्रतिस्थापन गरिएको हो ।  हेर्दै...

कोरोना देखिएपछि क्षेत्रीय अस्पतालमा प्रसूति सेवा  बन्द   

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति सेवा असोज १ गते बिहीबारसम्मका लागि बन्द गरिएको छ । अस्पतालको प्रसूति विभागमा भदौ २७ गते...

पत्रकार र प्रहरीसहित थप ५ मा कोरोना संक्रमण 

गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना पुष्टि भएको छ । थपिनेमा एक पत्रकार र दुई पर्यटक प्रहरी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।    ...

स्याउपछि मुस्ताङको अर्को ब्रान्ड

जमुनावर्षा शर्मा मुस्ताङ घरपझोङ–२ का महेन्द्रसिंह लालचनलाई आलु उत्पादन गरेसँगै यसको बिक्रीको चिन्ता थियो । कोभिड–१९ का कारण उत्पादित आलुले बजार नपाउने हो कि...

Recent Comments