गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट परीक्षणका लागि पोखरा पठाइएका २३ सय ८२ स्वाब पेन्डिङमा छन् । उनीहरू क्वारेन्टाइन अवधि पुरा गरे पनि रिपोर्ट नआउँदा घर जान पाएका छैनन् ।
कोभिड १९ को परीक्षणमा ढिलाई हुँदा उनीहरूको क्वारेन्टाइन बसाइ लम्बिएको छ । प्रयोगशालाको क्षमताभन्दा स्वाबको संख्या धेरै हुँदा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट आएका स्वाब परीक्षणमा ढिलाइ भएको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख सपना सुवेदीका अनुसार मेसिन तथा प्राविधिक अभावमा परीक्षण ढिला हुँदा थुप्रिएका यी स्वाब परीक्षण गर्न १ हप्ता समय लाग्छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार प्रदेशका विभिन्न जिल्लामा अहिले ५२ सय ३८ जना बसिरहेका छन् ।
तथ्य, तथ्यांक
- कोरोना परीक्षण सुरु : चैत तेस्रो सातादेखि (क्षेत्रीय अस्पताल प्रयोगशाला)
- कर्मचारी नहुँदा स्वाब पेन्डिङमा
- प्राविधिक झिकाएपछि परीक्षण द्रुत : प्रदेश जनस्वास्थ्य प्रयोगशाला
- “दुई दिनमा सिकाउन सकिन्छ, दुवै मेसिन २ सिफ्टमा चलाउँछौं”
- दुवै मेसिन पूर्ण सञ्चालनमा आएपछि प्रयोगशालाको फ्रिजमा राखिएका साढे २३ सय स्वाब परीक्षण गर्न १ हप्ता समय लाग्ने
- गण्डकी प्रदेशका ११ वटै जिल्लाको स्वाब परीक्षण पोखरामा
- नवलपुरको स्वाब भरतपुर प्रयोगशालामा परीक्षण
- प्रदेशका विभिन्न जिल्लामा ५२ सय ३८ जना क्वारेन्टाइनमा
- प्रदेशका ११ जिल्लाका ७ सय ७१ ठाउँमा क्वारेन्टाइन
- क्वारेन्टाइन बसेका ३ हजार ७ सय ८८ जना घर फर्किए
- प्रदेशभर ९ हजार ९ सय ६ बेड क्षमताको क्वारेन्टाइन