Home Local Government अन्‍नपूर्ण गाउँपालिकाको ‘खाना नफालौँ’

अन्‍नपूर्ण गाउँपालिकाको ‘खाना नफालौँ’

कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘खाना नफालौँ’ कार्यक्रम विशेष अभियानका रूपमा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा स्थानीय तहमा उत्पादित खाद्यान्न सञ्चिती एवं संरक्षण गर्ने र कुनै पनि प्रकारका खानेकुरा खेर नफाल्न गाउँपालिकावासीलाई सचेतना अभिवृद्धि गर्न ‘खाना नफालौँ’ कार्यक्रमलाई विशेष अभियानका रूपमा सञ्चालन गरिने उल्लेख छ ।
अभियानलाई गाउँ बस्ती एवं टोलटोलमा प्रचारप्रसार गर्दै प्रत्येक होटल तथा रेष्टुरेन्टमा खाना नफाल्नका लागि सचेतनामूलक सूचना सामग्री राख्न लगाइने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए ।

गाउँपालिकाले बाँझो जमीन राख्ने कामलाई निरुत्साहित गर्न बाँझो खेत राख्ने कृषकलाई कृषि सुविधाबाट वञ्चित गरिने नीति लिएको छ । कम्तीमा पाँच रोपनी जग्गा वा सोभन्दा बढी जग्गामा मौसमअनुसार एकै प्रकारको खेती गर्ने कृषकलाई व्यावसायिक कृषकका रूपमा पहिचान गरिने अध्यक्ष कुँवरले बताए ।

पालिकालाई कोदोमा आत्मनिर्भर बनाउँदै यसको प्रवर्द्धन गर्न अनुदानको व्यवस्था गरी सबै होटल तथा रेष्टुरेण्टमा कोदोको परिकार मेनुमा राख्न अनिवार्य गरिने बताउँदै उनले यसको प्रवर्द्धनका लागि विगत वर्षदेखि सञ्चालित कोदो महोत्सवलाई निरन्तरता दिइने जानकारी दिए ।

गाउँपालिकाको कृषि स्रोतमा आधारित रैथाने बाली, जडीबुटी र फलफूललगायतका कृषि उपजको उद्योग स्थापना गर्न निजी क्षेत्रलाई आकर्षण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिकाभित्रका कृषि समूह, विभिन्न नमूनाका कृषिफार्मका कार्यक्रमलाई सम्बन्धित सरोकारवालासँग समन्वय गरी व्यावसायिक कृषिको रूपमा विकास गरिने जनाइएको छ ।

गाउँपालिकाभित्रका निश्चित स्थानमा आलु उत्पादन कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्दै अध्यक्ष कुँवरले कौसीखेती, करेसाबारी तथा घर बगँैचामा, पोषणयुक्त बाली लगाउन प्रोत्साहन गरिने बताए । ‘एक कृषक, एक दुहुनो गाई र भैँसी’ कार्यक्रम अभियानका रूपमा सञ्चालन गरी दूधलाई आफ्नो दैनिक आयआर्जनको माध्यम बनाउँदै दूध उत्पादनमा सहकारिताको विकास गरी पशुपालक कृषक समूहलाई गोठ निर्माण तथा भकारो सुधारका लागि अनुदान उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कोरोना देखिएपछि क्षेत्रीय अस्पतालमा प्रसूति सेवा  बन्द   

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति सेवा असोज १ गते बिहीबारसम्मका लागि बन्द गरिएको छ । अस्पतालको प्रसूति विभागमा भदौ २७ गते...

पत्रकार र प्रहरीसहित थप ५ मा कोरोना संक्रमण 

गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना पुष्टि भएको छ । थपिनेमा एक पत्रकार र दुई पर्यटक प्रहरी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।    ...

स्याउपछि मुस्ताङको अर्को ब्रान्ड

जमुनावर्षा शर्मा मुस्ताङ घरपझोङ–२ का महेन्द्रसिंह लालचनलाई आलु उत्पादन गरेसँगै यसको बिक्रीको चिन्ता थियो । कोभिड–१९ का कारण उत्पादित आलुले बजार नपाउने हो कि...

गण्डकी प्रदेश प्रहरी प्रमुखमा कोरोना पुष्टि   

गण्डकी प्रदेशका प्रहरी प्रमुख घनश्याम अर्यालमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङका आधारमा लिइएको स्वाब परीक्षणमा प्रहरी नायब महानिरीक्षकको आइतबार बिहान रिपोर्ट...

Recent Comments