Home Economy Agriculture अन्‍नपूर्ण गाउँपालिकाको योजनाः घरधुरीका सबैले फलफूल रोप्‍नुपर्ने !

अन्‍नपूर्ण गाउँपालिकाको योजनाः घरधुरीका सबैले फलफूल रोप्‍नुपर्ने !

कास्कीको अन्नपूर्ण गाउँपालिकाले प्रत्येक घरधुरीमा एक सदस्य एक फलफूल कार्यक्रमलाई अभियानका रूपमा अघि बढाउने भएको छ । गाउँपालिका क्षेत्रभित्र नदी किनारका जमीन, बेँसी, टार तथा खेतबारीका कान्लामा सम्भाव्य फलफूल खेती गरी यसको उत्पादन बढाउँदै आत्मनिर्भरताका लागि प्रत्येक घरधुरीमा एक सदस्य एक फलफूलको बिरुवा रोप्ने कार्यलाई अभियानका साथ अघि बढाइने अध्यक्ष युवराज कुँवरले बताए ।

अभियानका लागि गाउँपालिका क्षेत्रभित्र एक फलफूल नर्सरी सञ्चालन एवं विस्तार गरिने उनले बताए । “कृषि क्षेत्रको विकास र प्रवरद्धन गर्न गाउँपालिकाभित्रका विभिन्न कृषियोग्य जमीनलाई सम्भाव्यताका आधारमा तरकारी, फलफूल तथा नगदेबालीका पकेट क्षेत्रको रूपमा घोषणा गरी मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल उत्पादनका साथै माटोको परीक्षण गरी आधुनिक तरिकाले कृषिलाई व्यावसायीकरण गर्न प्रोत्साहित गरिने छ”, उनले भने ।

कुँवरका अनुसार कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण, विशिष्टीकरण र व्यावसायीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धिमा गाउँपालिकाले जोड दिएको छ । गाउँपालिकाभित्र कृषिको सम्भावना भएका वडामा चिस्यान केन्द्र स्थापना गर्ने एवं उत्पादित कृषि उपजलाई बजारीकरणका लागि ढिकुरपोखरी र नयाँपुलमा कृषि उपज सङ्कलन तथा बजारीकरण केन्द्र स्थापना गरिने उनले बताए ।

ती केन्द्र कृषक समूहमार्फत सञ्चालन गरी उत्पादित वस्तुको उचित मूल्य प्राप्त गर्ने अवस्थाको सिर्जनाका लागि प्रेदशसँगको साझेदारीमा आवश्यक प्रक्रिया अगाडि बढाइने उनले बताए । नगदे बालीतर्फको विशेष जोनको रूपमा सञ्चालित कफी जोन, अलैँची जोन र सुन्तला पकेट जोनका कार्यक्रमलाई प्रदेशसँगको समन्वयमा विकास, विस्तार गर्नुका साथै स्थानीय किसानको आयआर्जनको मुख्य क्षेत्रका रूपमा स्थापित गर्दै जाने नीति लिइएको अध्यक्ष कुँवरले बताए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कोरोना देखिएपछि क्षेत्रीय अस्पतालमा प्रसूति सेवा  बन्द   

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति सेवा असोज १ गते बिहीबारसम्मका लागि बन्द गरिएको छ । अस्पतालको प्रसूति विभागमा भदौ २७ गते...

पत्रकार र प्रहरीसहित थप ५ मा कोरोना संक्रमण 

गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना पुष्टि भएको छ । थपिनेमा एक पत्रकार र दुई पर्यटक प्रहरी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।    ...

स्याउपछि मुस्ताङको अर्को ब्रान्ड

जमुनावर्षा शर्मा मुस्ताङ घरपझोङ–२ का महेन्द्रसिंह लालचनलाई आलु उत्पादन गरेसँगै यसको बिक्रीको चिन्ता थियो । कोभिड–१९ का कारण उत्पादित आलुले बजार नपाउने हो कि...

गण्डकी प्रदेश प्रहरी प्रमुखमा कोरोना पुष्टि   

गण्डकी प्रदेशका प्रहरी प्रमुख घनश्याम अर्यालमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङका आधारमा लिइएको स्वाब परीक्षणमा प्रहरी नायब महानिरीक्षकको आइतबार बिहान रिपोर्ट...

Recent Comments