गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ९४९ पुगे

0
169
फोटोः shutterstock

गण्डकी प्रदेशमा सोमबार साँझसम्म थप ५३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका ५ जिल्लाका थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

निर्देशनालयका अनुसार बागलुङका ९ जना पुरुष तथा ५ महिला, स्याङ्जाका ८ पुरुष तथा २ महिला, तनहुँका ५ पुरुष तथा ५ महिला, पर्वतका १३ जना पुरुष र गोरखाका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरूलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा राखिने छ । यससँगै प्रदेशमा संक्रमितको संख्या ९ सय ४९ पुगेको छ ।

प्रदेशको नवलपुर जिल्लाका १६ जना निको भएर घर फर्किएका छन् ।

प्रदेशमा हालसम्म २१४ जना संक्रमणमुक्त भएका छन् । गण्डकीमा कोरोनाबाट हालसम्म २ जनाले ज्यान गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here